लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

व्यवसायीक फूल खेतीमा जमेका टिकापुरका सिताराम

विनाेद चाैधरी/ विगत ६ बर्षदेखि फूल खेती गर्दै आएका कैलाली टीकापुरका सिताराम फूल खेतीमा फड्को मार्दै गइरहेका छन्
। सुदूरपश्चिममै पहिलो पटक व्यवसायिक रुपमा फूल खेती गरि पहिचान बनाएका टीकापुर वडा नं. १ वनगाउँ दक्षिण पुरुवाका सिताराम चौधरी अहिले फूल खेतीमा फड्को मार्दै गइरहेका छन् ।

इन्द्रेणी पुष्पालयको स्थापना गरी २०७४ सालमा १० कट्ठा जमिनमा फुल खेती गरेर शुरुवात गरेका सिताराम अहिले १० कट्ठा बाट १ विगाहा ५ कट्ठा जमिनमा फूल खेती विस्तार गरेका छन् ।
उनले सुरुमा सयपत्री र मखमली फूलको खेती गरेका थिए त्यसपछि थप ग्ल्याडिओलस (तारबारे) फूलको पनि खेती गर्न थालेका हुन् ।
यसैगरी अहिले थप पाँच कट्ठा जमिनमा दुई किसिमका फूल जरबेरा र गुलाव लगाउने तयारी थालेका छन् भने गोदावरी फुल लगाउने तरखरमा रहेको उनले बताउँछन् ।

अरु किसानले सिजनलाई मध्यनजर गरेर विशेष गरी तिहार लक्षित फूल खेती गरे पनि सितारामले भने १२ महिनै फूलको मागलाई पूर्ति गरिरहेको बताउँछन् । मागलाई मध्यनजर गर्दै नयाँ नयाँ जातका फूलहरु बाहिर देशबाट ल्याएर त्यसको खेती गर्न थालेको उनले बताउँछन् ।
चितवनको पाख्रीन नर्सरीका संचालक दिपक गुरुङसँग फूलको खेतीबारे जानकारी लिएर उनीबाटै फुल खेतीप्रति आकर्षित भएको इन्द्रेणी पुष्पालयका संचालक चौधरीले अहिले फूल खेती बाट मनग्य आम्दानी गरिरहेको बताउँछन् ।

आफ्नो जीवन कालमा पहिलो पटक कैलालीको टीकापुरमा इन्द्रेणी फोटो बैंक राखेर व्यवसाय गरेर आफ्नो र पारिवारिक जिवन गुजारा चलाएका सिताराम २०५७ सालमा थारु भाषको चलचित्र कुहिराको निर्माणको काम गरे, त्यसपछि मुम्बईको तारे होटल (फाइव स्टार होटल) मा ४ बर्ष काम गरे, भारत बाट आएर समाज सेवासँगै मनिकापुरको राष्ट्रिय माध्यमिक विद्यालय टीकापुर–५ मनिकापुर को विद्यालय व्यवस्थापन समितिका अध्यक्षमा २ कार्य कालको जिम्मेवारी पुरा गरेर त्यसपश्चात फूल खेतीतर्फ लागेको बताउँछन् । फूल खेती गर्दा बर्षमा दुई सिजन रोपेरे लगानीको तेब्बर आम्दानी गरिरहेको बताउँछन् सिताराम । उनले फूल खेती नै आफ्नो मूख्य पेशा बनाएका छन् । फूलसँगै फूल को बेर्ना पनि विक्री गरिरहेका छन् ।
उनले मौसमी तथा बेमौसमी फूलहरु उत्पादन गरि विक्री गर्ने तथा फूलहरुको विभिन्न पार्टी, ब्रतबन्ध, विवाह लगायत का कार्यक्रममा सजावटको काम पनि गर्ने गरेको बताए ।

आफुले शुरुमा फूल खेतीको शुरुवातमा अन्य वालीको पनि खेती गरेपनि त्यो भन्दा फूल खेतीबाटै राम्रो आम्दानी गर्न थालेपछि आफ्नो धान गहु–बालीको खेती छोडेर त्यसको लागि योग्य जमिन बतैयामा दिएर पुरै समय फूल खेतीमा दिएको बताउँछन् ।

उनले भने ‘फूल खेतीका लागि अहिले ११ जनालाई कामदारको रुपमा रोजगारी दिएको छु’ ४ जना घरका सदस्यले समेत काममा सघाउने गर्छन ।’ उनले भने ‘‘मैले जग्गा लिजमा लिएर खेती गरिरहेको छु । अझैँ विस्तार गर्ने इच्छा थियो तर फूल खेतीको लागि जग्गा पाउन नसक्दा यत्तिकैमा सीमित भएको छ ।’सितारामले सुदूरपश्चिमको पहाडी जिल्ला अछाम लगायत अन्य प्रदेशको बाँके, सुर्खेत, दाङ लगायतका ठाउँमा फूलको निर्याता गरिरहेको बताउँछन् ।

सुदूरपश्चिममै पहिलो पुष्प व्यवसायीको रुपमा पहिचान बनाएका सितारामले आफुसँग पुष्प खेतीको तालिम लिएर कैलालीको घोडाघोडीका समिर चौधरी, दाङका लोकेन्द्र रोकामगर, बाँके कोहलपुरका विष्णु चौधरी, बर्दिया गुलरियाकी पार्वती चौधरी र टीकापुर वनगाउँका अन्जान चौधरीले पुष्प खेती गरिरहेको बताँछन् ।

यतिमात्रै नभएर टीकापुरको बहुप्राविधिक शिक्षलयमा विद्यार्थीहरुलाई पुष्प खेतीको प्रशिक्षण समेत गर्दै आइरहेको उनले बताउँछन् । फूल खेती मा लाग्ने रोगको उपचार समेत कुनै विज्ञको भर पर्नु नपरी सम्पूर्ण काम आफैले गर्ने गरेको पनि उनले बताए । तिहार नजिकिए सँगै सिताराम अहिले तिहारको लागि तयारी गरिरहेको बताउँछन् । फूल खेती गर्दा अहिलेसम्म घाटामा नगएको तर कोल्ड स्टोरको अभावका कारण फूललाई धेरै समय सम्म राख्न नसकेकोले दशै र तिहारको बिचमा केही फूलहरु भने खेर जाने गरेको बताए ।


प्रकाशित : २०८० कार्तिक २३ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप