लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

नारायणपुर जेसिजकाे अधिवेशन सम्पन्न, अध्यक्षमा धामी

सत्ति / नारायणपुर जेसिजकाे शाखा अधिवेशन सम्पन्न भएको छ ।
शनिबार भएको शाखा अधिवेशन बाट अध्यक्षमा विजय धामीलाई चयन गरेको छ । जेसिजकाे वर्ष २०२४ का लागि कार्यकारी उपाध्यक्षमा संगित शाहि र दिलिप बुढा चयन भएका छन् भने उपाध्यक्षमा देवबहादुर बाेहरा, तपेन्द्र क्षेत्री ,पुष्कर न्याैपाने र गाेरख रावल चयन भएका छन् ।
नारायणपुर जेसिजका अध्यक्ष किरण कडायतकाे अध्यक्षतामा भएको शाखा अधिवेशनकाे प्रमुख अतिथि टिकापुर नगर विकास समितिका पुर्व अध्यक्ष फकिरसिंह कडायत रहेका थिए । नवनिर्वाचित अध्यक्ष विजय धामीले महासचिवमा शंकर केसीलाई चयन गरेका छन् भने कोषाध्यक्ष र कानुनी सल्लाहकारको आगामी २७ गते शुक्रबार चयन गरिने धामीले बताए । 
नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण यही जनवरी २०२४ भित्र गरिने वर्ष २०२३ का अध्यक्ष सुरज अधिकारीले बताए ।
साधारणसभामा राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमट्टा, खेलाडी पुस्कर साउँद , कलाकार अाेम प्रकाश चाैधरि , रमेश बादिलाई सम्मानित गरिएको थियोे ।
अधिवेशन बाट नारायणपुर जेसिजकाे मानार्थ सदस्यमा सुदुर सन्दर्भ डटकमका प्रबन्ध निर्देशक भिम वि. क. र अाेपेन्द्र खड्कालाई चयन गरिएको छ ।
नवनिर्वाचित वर्ष २०२४ का अध्यक्ष धामीले संस्थागत विकास, सामाजिक सेवा, खेल तथा युवा उद्यमशीलता  र लागुऔषध नियन्त्रणमा विशेष जोड दिने बताए ।


प्रकाशित : २०८० पुष २१ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप