लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी

पहिलो महाधिवेशनमार्फत रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीको नेतृत्व लिएका छन् । कैलालीको टिकापुरमा सम्पन्न महाधिवेशनमार्फत चौधरी सो पार्टीको अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् । 

अध्यक्ष चुनिएका चौधरीले पदाधिकारी र सदस्य पनि सर्वसम्मत चयन गरिएको रातोपाटीलाई बताए । यसअघि नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमकी श्रीमती रञ्जिता चौधरी थिइन् । रेशमले आफू जेलमा रहँदा नै संरक्षक रहेर पार्टी गठन गरेका थिए । 

पार्टीको महाधिवेशनमा देशभरिबाट करिब ८ हजार प्रतिनिधिहरू सहभागी थिए नागरिक उन्मुक्ति पार्टीको विधानअनुसार अध्यक्ष, सहअध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुने व्यवस्था छ । 

०७९ मा पहिलो पटक निर्वाचनमा भाग लिएर ४ सिट जितेको नागरिक उन्मुक्ति कैलालीमा सबैभन्दा ठुलो राजनीतिक दल हो ।


प्रकाशित : २०८० पुष २७ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप