लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

नारायणपुर जेसीजको २३ औं पदस्थापना सम्पन्न

बेलुवा / नारायणपुर जेसीजको २३ औं पदस्थापना कार्यक्रम शनिबार सम्पन्न भएको छ । सो कार्यक्रममा संस्थाको २३ औं शाखा अधिवेशन बाट वर्ष २०२४ को अध्यक्षमा निर्वाचित विजय धामी लगायत नयाँ कार्य समितिकाे पदस्थापना गरिएको हो ।
नवनिर्वाचित अध्यक्षलाई वर्ष २०२३ का अध्यक्ष किरण कडायत तथा नारायणपुर जेसिजका पुर्व अध्यक्षहरुले चेन हस्तान्तरण गरेका थिए।
वर्ष २०२४ का लागि संस्थाको कार्यकारिणी उपाध्यक्ष संगित शाही र दिलिप बुढा ,उपाध्यक्षमा पुष्कर न्याैपाने,देबेन्द्र बाेहरा, गाैरव रावल र तपेन्द्र क्षेत्री यस अघि नै निर्वाचित भएका थिए भने महासचिव शंकर केसी , काेषाध्यक्ष राेमित चाैधरि र कानुनी सल्लाहकारमा राजकुमार चाैधरि बाेर्डले चयन गरेको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष धामीले आफु बोलेर भन्दा गरेर देखाउनुपर्छ भन्नेमा विश्वास गर्ने बताउँदै आफ्नो कार्यकालमा नारायणपुर जेसिजलाई सामाजिक कार्य मार्फत स्मरणीय बनाउने काम गर्ने प्रतिवद्धता व्यक्त गरे।
वर्ष २०२३ का अध्यक्ष किरण कडायतले आफुले आफ्नो कार्यकालमा प्रतिवद्धता गरे अनुसारको कार्यहरु गरेको स्मरण गर्दै आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्नेहरुलाई मायाको चिनो तथा पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि टिकापुर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष बलिराम चाैधरिले
जेसिजले सदैव उर्जावान भएर सकारात्मक कार्यमा लाग्न प्रेरित गरिरहने भन्दै आफुले पुर्णरुपमा सहयोग गर्ने बताए ।
कार्यक्रमका विशिष्ट अतिथि काेहलपुर जेसिजका संस्थापक अध्यक्ष सम बहादुर थापाले असल कार्यको नेतृत्व गर्ने जो कोही पनि जेसिज हुने बताए । सो पदस्थापना कार्यक्रममा नारायणपुर जेसिसका पुर्व अध्यक्षहरु , मानार्थ सदस्यहरु विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधीहरु , संचारकर्मी लगायतको उपस्थिती रहेको महासचिव शंकर केसीले जानकारी दिए ।


प्रकाशित : २०८० माघ ७ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप