लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

रसुवामा एक सय ३ जनाले रक्तदान गरे

रसुवा / प्रजातन्त्र दिवसको अवसरका नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी २०५६ ब्याचको संयुक्त आयोजनामा कालिका हिमालय क्याम्पसमा भएको तेस्रो खुल्ला रक्तदान कार्यक्रममा १०३ जनाले रक्तदान गरे ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य, कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, उत्तरगया गाउँपालिका अध्यक्ष माधबप्रसाद अर्याल , नौकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर तामाङ, नेपाल स्वयंसेवी रक्तदाता रसुवाका उपाध्यक्ष रामशरण गजुरेल लगायत स्थानीय तहका वडा अध्यक्ष तथा जनप्रतिनिधिहरू सहभागी थिए । २०५६ ब्याचका काबा अध्यक्ष रामप्रसाद ढकालकाे अध्यक्षतामा भएको कार्यक्रममा
प्रमुख अतिथि कालिका गाउँपालिका हरिकृष्ण देवकोटा र बिशेष अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले पहिलाे रक्तदाता ओरियन्ट कलेज काठमाडौका प्राध्यापक बलराम थपलियालाइ ब्लड ब्याग हस्तान्तरण गरेर सुभारम्भ भएको थियोे ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसंचार सेवाका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो । रक्तदान कार्यक्रम अनुकरणीय काम भएको र आगामी दिनमा निरन्तरता दिन तथा यस्तो कार्यक्रमलाई सक्दाे सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । कार्यक्रम सफलपार्न सहयाेग गर्ने तथा रक्तदाताहरुलाइ नेरास्वरसमा सचिव हेमनाथ खतिवडाले धन्यवाद ज्ञापन गरे ।


प्रकाशित : २०८० फाल्गुन ८ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप