लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

सत्तिमा वडा फुटबल प्रतियोगिता शुरु

सत्ति /टीकापुर ७ मा वडा स्तरिय फुटबल प्रतियोगिता शनिबार देखी सत्ती खेल मैदानमा शुरु भएको छ
वडा स्तरिय खेलकुद समिती संयोजक महेश रावलको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डगौरा प्रमुख अतिथी रहेका थिए भने विशिष्ट अतिथिमा टीकापुर नगरपालिका ६, ४ ,७ र ८ का वडा अध्यक्षहरु रहेका थिए । कार्यक्रमकाे उद्घाटनमा वक्ताहरुले खेलाडी रास्ट्रको गहना भएको बताउँदै खेललाई नगरपालिका ले सधै सहयोग गर्ने बताएका थिए ।
उद्घघाट्न खेलमा टीकापुर नगरपालिका वडा न ७ ए र टीकापुर वडा न ४ ए बिच भएको थियाे । प्रतियोगितामा वडा न ७ ले शून्य का विरुद्ध ३ गोल गरेर बिजयी भएको छ ।टीकापुर नगरपालिका वडा न ७ ए टिमका माधब भण्डारीले खेल शुरु भएको पहिलाे हाफकाे २८ मिनेटमा गाेल गरि अाफ्नाे टिमलाई अग्रता दिलाएका थिए भने टीकापुर नगरपालिका वडा न ७ कै हेमन्त ठकुल्लाले दाेश्राे हाफकाे २१ मिनेटमा दाेश्राे गाेल गरि जितलाई सुनिश्चित गरेका थिए भने पुन २६ मिनेटमा पुन अर्काे गाेल गरि जित गराएका थिए ।भोलि हुने फुटबल प्रतियोगिता मा टीकापुर वडा न १ A र टीकापुर वडा न ६ A का बिच पहिलो प्रतियोगिता हुनेछ ! दोस्रो प्रतियोगिता टीकापुर वडा न ५ र टीकापुर वडा न ८ B र तेस्रो खेल टीकापुर ७ सि डाडाबाेझी र टीकापुर वडा न ९ बिच हुने आयोजकले जनाएका छन् । खुल्ला वडा स्तरिय फुटबल प्रतियोगितामा बर्दियाकाे राजापुर नगरपालिका , गेरुवा गाउँपालिका , कैलालीको टीकापुर नगरपालिका ,भजनी नगरपालिका जाेशीपुर गाउपालिका विभिन्न वडाका २४ वटा टिमकाे सहभागिता रहेकाे छ भने प्रतियोगिता २१ गते सम्म संचालन रहने छ ।प्रतियोगितामा बिजेता टिमले नगद ५१ हजार सहित ट्रफी मेडल प्रमाण पत्र समेत पाउने छन भने उपबिजेताले नगद ३१ हजार सहित ट्रफी मेडल प्रमाणपत्र पाउने छन ।प्रतियोगितामा उत्कृष्ट खेलाडी , उत्कृष्ट गाेलरक्षक, उत्कृत डिफेन्डर,उत्कृष्ट मिट खेलाडीलाई नगद र प्रमाणपत्र प्रदान गरिने जानकारी प्राप्त भएको छ । कुनै समयमा सत्ति खेलमैदानमा फुटबल प्रतियोगिताका लागि देश विदेशका फुटबल खेलाडी खेल्ने स्थानका रुपमा परिचित थियो ।


प्रकाशित : २०८० फाल्गुन १३ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप