लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

सामुदायिक वनमा सहभागितामुलक अर्थपूर्ण परामर्श छलफल सम्पन्न

रसुवा, सामुदायिक वन उपभोक्ता महासंघ रसुवाको आयोजनामा “स्थानीय सरकार तथा स्थानीय स्तरका समन्वयात्मक कार्यहरूबाट नेपालमा सामुदायिक वन अधिकार सुनिश्चितता” भन्ने नाराका साथ सहभागितामुलक अर्थपूर्ण परामर्श तथा अन्तक्र्रिया कार्यक्रम उत्तरगया गाउँपालिका–२ डाडागाउँमा सम्पन्न भयो ।
उत्तरगया गाउँपालिकाभरका सामुदायिक वन उपभोक्ता समुहबाट सहभागी थिए ।
कार्यक्रमका प्रमुख अतिथी सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय कोषाध्यक्ष शान्ता न्यौपानेले सामुदायिक वनमा उद्यम गरी आय आर्जन बढाउनुपर्ने बताइन् । उनले भनिन् ‘उपभोक्ताले खाली खुट्टा डोकोमा बिरुवा बोकेर बृक्षारोपण तथा संरक्षण गरेर हराभरा भएको जंगलबाट वनजन्य उत्पादन गरी गरिवी निवारणका लागि आयआर्जन मुलक गर्नुपर्छ ।’ कार्यक्रम सहजिकरण न्यौपानेले गर्दै वनको संरक्षण तथा स्थानीय आदिवासी उपभोक्ताको अधिकार सुनिश्चित हुनुपर्ने बताइन् ।
स्थानीय दियालेपाखा सामुदायिक वनभित्र भिजिङग्रा नामको जडिबुटीको फल संकलन गरेर चोरी निकासी भएको थाहा पाएकोले वन कार्यालयमा खबर गरेको उपभोक्ता शेरबहादुर तामाङले बताए ।
यस क्षेत्रमा भिजिङग्राको खेती गरेर आयआर्जन गर्न सकिन्छ । अर्का सहभागी मायादेवी तामाङले भनिन् ‘औषधिय गुणले युक्त भएको तेल निकाल्न सकिने भिजिङ्ग्राको व्यवसायीक खेती गर्न सकिने रहेछ ।’
कर्यक्रममा सहभागीहरूले वन डँडेलो नियन्त्रण, ओखर, अलैची , टिमुर, बास, निगालोको बिरुवा आवश्यक रहेकोले उपयुक्त समयमा उपलब्ध गराउनु पर्ने बताए । कुनाघारी सामुदायिक वन उपभोक्त समुहका जगतप्रसाद पौडेलले बाँदर तथा दुम्सीको कारण खेती बाली नष्ट गरेर हैरानी पारेकोले समस्या परेको बताए । उनले भने ‘हाम्रो सामुदायिक वनमा अतिक्रमण पनि बढेको छ ।’ सामुदायिक वन उपभोक्ता महासंघ स्थानीय सरकार तथा स्थानीयस्तरका समन्वयात्मक कार्यहरूबाट नेपालमा सामुदायिक वनअधिकार सुनिश्चितता कार्यक्रम अन्र्तगत आयोजनामा भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधी, सामुदायिक वन महासंघका पदाधिकारी स्थानीय उपभोक्ता गरी ४४ जना सहभागी थिए ।
त्यसैगरी त्यसै गरी “वनको दिगो व्यवस्थापनको लागि सामुदायिक अधिकार, उद्यमशीलता र सशक्त संगठन समृद्धिको आधार” भन्ने नाराका साथ सामुदायिक वन उपभोक्ता समुहको लेखा परीक्षण तथा सुशासन अभिबृद्धिका लागि सहजिकरण तथा सचेतना कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा उत्तरगया गाउँपालिका–२ का वडा अध्यक्ष टुकुप्रसाद सुवेदीले सामुदायिक वन उपभोक्ता समुह विधी र नीतिमा चल्नुपर्ने बताए । वनलाइ जीवन र जनजिविकासँग जोडेर आयमुलक काममा गर्नुपर्ने बताउँदै सवै उपभोक्ता समुहले समयमा वार्षिक साधारण सभा, लेखा परीक्षण र आयव्याय सार्वजनिक गर्नुपर्ने बताए ।
सामुदायिक वन उपभोक्ता महासंघ रसुवा र डिभिजन वन कार्यालय रसुवाको सहकार्यमा तथा स्थानीय महासङघकाे समन्वयमा भएको छलफलमा सामुदायिक वन उपभोक्ता समुहको सुशासनका लागि समयमा वार्षिक साधारण सभा तथा लेखा परीक्षण समयमा हुनुपर्ने, लेखा परीक्षणको महत्व लगायत विषयमा डिभिजन वन अधिकृत प्रेमा थापा, सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष हेमनाथ खतिवडा, केन्द्रीय काेषाध्यक्ष शान्ता न्यौपाने, उत्तरगया स्थानीय महासङ्घका अध्यक्ष उत्तम घले लगायतले धारणा राखेका थिए ।


प्रकाशित : २०८० फाल्गुन १३ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप