लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

सामुदायिक वनमा प्रतिवेदन सुशासन तथा सचेतना सम्पन्न

रसुवा / “वनको दिगो व्यवस्थापनको लागि सामुदायिक अधिकार, उद्यमशीलता र सशक्त संगठन समृद्धिको आधार” भन्ने नाराका साथ सामुदायिक वन उपभोक्ता समुहहरूको वार्षिक प्रतिवेदन तयारी तथा सुशासन अभिबृद्धिका लागि सहजिकरण तथा सचेतना कार्यक्रम फागुन १३ गते थाम्बुचेतमा सम्पन्न भयो ।
आमाछोदिङमो गाउँपालिका–५ चिलिमेमा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता समुहहरू बिधी र नीति अनुसार समयमा बिधान तथा कार्य याेजना अनुरुप चल्नुपर्ने डिभिजनल वन अधिकृत प्रेमा थापाले बताउनुभयो । वनलाइ जीवन र जनजिविकासँग जोडेर आयमुलक काममा गर्नुपर्ने बताउँदै सवै उपभोक्ता समुहले समयमा वार्षिक प्रतिवेदन , साधारण सभा, लेखा परीक्षण र आयव्याय सार्वजनिक गर्नुपर्ने बताए । डिभिजन वन कार्यालय रसुवाको सहयोग तथा सामुदायिक वन उपभोक्ता महासंघ रसुवा र आमाछोदिङमो स्थानीय महासंघको समन्वयमा भएको छलफलमा सामुदायिक वन उपभोक्ता समुहको सुशासनका लागि समयमा प्रतिवेदन, वार्षिक साधारण सभा तथा लेखा परीक्षण समयमा हुनुपर्ने, समुहमा लेखा परीक्षणको महत्वलगायत विषयमा डिभिजनल वन अधिकृत प्रेमा थापा, सामुदायिक वन उपभोक्ता महासंघका हेमनाथ खतिवडा, दुकर तामाङ लगायतले आफ्नो धारणा राखेका थिए ।


प्रकाशित : २०८० फाल्गुन १४ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप