लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

खैरो हेरोइन सहित भारतीय नागरिक पक्राउ

सत्ति / लम्की प्रहरीले ठुलो परिणाममा लागू औषध सहित भारतिय नागरिक लाई बिहीबार प्रक्राउ गरेको छ । भारतको उत्तर प्रदेश कानपुर घर भइ लम्कीचुहा ७ को एक गुट्का कम्पनीमा काम गर्ने मनमोहन तिवारी बाट खैरो हिरोइन जस्तो देखिने ४ ग्राम ५३० मिलिग्राम सहित उनलाई लम्की बसपार्क बाट कारोबार र सेवन गरि रहेको भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्की प्रमुख प्रहरी निरीक्षक कान्तिराज जोशीको निर्देशनमा इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी बरिस्ठ नायब निरिक्षक महेन्द्र गिरि र प्रदेश प्रहरी कार्यालय बाट खटिएका सइ प्रकाश कठायतको संयुक्त टोलीले पक्राउ गरेको हो ।
ती भारतिय नागरिकलाई थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता कुलदिप चन्दले जानकारी दिए । बिहीबार नै कालाकुण्डा प्रहरीले माेहना नदि पुलमा चेकजाँचकाे क्रममा ५ सय मिलिग्राम ब्राउन सुगर जस्तो देखिने धुलो सहित जानकि गाउँपालिका ९ जगतपुरका २३ वर्षका नैनसिंह साउँदलाई पक्राउ गरेको छ । कालाकुण्डा प्रहरीले फागुन महिनामात्र ३ जना लागू अाैषध सेवनकर्ता लाई पक्राउ गरेको थियो ।


प्रकाशित : २०८० चैत्र २ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप