लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

धनगढीबाट उडेको जहाज अढाई घण्टा सम्म आकास मै गायब

धनगढीबाट काठमाण्डौंका लागि उडेको श्री एयर लाईन्सको जहाज २ घण्टा २२ मिनेट आकाशमा उडेपछि भैरहवामा आपतकालीन अवतरण गरिएको छ ।

बिहान ७ : १२ बजे धनगढीबाट उडेको श्री एयरको जहाज मौसम खराव भएका कारण काठमाण्डौंमा अवतरण गर्न सकेन । आकाशमा अढाई घण्टासम्म उडेको श्री एयरको जहाज काठमाण्डौंमा अवतरण गर्न नसकेपछि फर्केर ९ : ३४ भैरहवामा आपतकालीन अवतरण गरेको हो ।

८० सिट क्षमताको जहाजमा दुई बच्चा सहित ७७ जना यात्रु सवार थिए । श्री एयरका धनगढी ईञ्चार्ज गजेन्द्र शाहीले काठमाण्डौंको आकाश खुलेपछि धनगढीबाट जहाज उडेको बताए । तर काठमाण्डौंमा जहाज अवतरण गर्ने क्रममा मौसम बिग्रिएपछि जहाज काठमाण्डौंको आकाशमा होल्ड गरेको र अन्तिममा भैरहवामा अवतरण गरिएको शाहीले पश्चिम टुडेलाई बताए ।

अढाई घण्टासम्म जहाज सम्पर्क बिहीन भएपछि जहाजमा रहेका यात्रुका आफन्तहरु आत्तिकएका थिए । ५० मिनेटमा काठमाण्डौंमा अवतरण हुनुपर्ने जहाज एक घण्टापछि पनि सम्पर्क बिहीन भएपछि त्यसपछि यात्रुका आफन्तहरुले तारन्तार श्री एयरलाईन्समा कल गरेका थिए ।

धनगढीबाट उडेको जहाजले काठमाण्डौंको आकाशमा डेढ घण्टाभन्दा फन्को लगाएको थियो । यात्रुहरुका अनुसार बिमानस्थलमा अवतरण गर्न जहाजका पांग्रा पनि खुलिसकेका थिए । कोटेश्वर नजिकबाट बिमानस्थल देखिईसकेको थियो । तर जहाज धावनमार्गमा अवतरण नगरी अचानक माथि उड्यो ।

त्यसपछि भने बिमानमा रहेका यात्रुहरुको रुवावासी चल्यो । यात्रुहरु निकै आत्तिएका थिए । यात्रुहरुले बिमान परिचारिकासंग जहाजमा खरावी आएको वा मौसम खरावका कारण अवतरण गर्न नसकिएको हो भन्ने विषयमा जानकारी लिन खोज्दा सही जवाफ नपाएको गुनासो गरेका छन् ।

जहाजमा रहेकाहरुमा बाँच्ने आशा समेत क्षीण भईसकेको थियो । तिनै मध्ये एक जना यात्रुले घरमा श्रीमतीलाई कल गरेर यो आफ्नो अन्तिम कल भएको र राम्रोसंग बस्नु भनेर भनेपछि उनको घरमा रुवावासी भएको थियो ।

काठमाण्डौंबाट फिर्ता भएको जहाज धनगढीबाट उडेको झण्डै अढाई घण्टापछि भैरहवामा अवतरण भएपछि पनि जहाजमा रहेका यात्रुहरु रोईरहेका थिए । उनीहरु निकै डराएका थिए ।

साभार : पश्चिम टुडे


प्रकाशित : २०८० चैत्र १५ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप