लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

प्रेमले निम्त्याउने ‘आत्महत्या’ ब्लाइन्ड लबको नतिजा

[ विचार :मोहित श्रीपाइली ]
एकदुई सालको सम्बन्धमा तिमिलाई केटा/केटिले धोका दिँदा मर्नेहरु सुन !! तिमी मर्नु भनेको तिमिले आफ्नो आमाबुबा र परिवारलाई त्यो भन्दा ठूलो धोका दिनु हो । जुन आमाबुवाले यति मेहनत गरेर जन्माए हुर्काए,पढाए लेखाए,ठूलो /सफल मान्छे बनाउने सपना देखे र संघर्ष पनि गरे । तर बुबाआमाको ख्याल नै नगरी मर्नु भनेको धोका र कायरता हो ।

कोहि राम्रो केटा/ केटि तिमिसंग बोल्दैमा म माया गर्छु भन्दैमा मख्ख नपर्दा हुन्छ । के थाहा तिमी भन्दा पहिले नै उसले अरुलाई फसाएको हुन सक्छ ,गलत नियतले पछि लागेको हुन सक्छ ,Just to Use and Throw.

आज आबेसमा आएर होस या कसैको जिद्दी पनले होस आफ्नो शरीर नै सुम्पिने प्रवृती बढी छ समाजमा जुन आत्महत्याको मुख्य कारण बनिरहेको छ । भिडियो कलको जमाना छ : सम्बन्ध गाढा हुँदा भिडियो बनाएर पठायो पछि सम्बन्ध फिका हुँदा भिडियो सामाजिक सन्जाल/साथिभाईमा छरपस्ट पार्दिन्छन र सहन नसकेर किशोरीहरु आत्महत्या गर्न पुग्छ्न । नेपालमा मात्र वार्षिक २०-२५ जनाले आत्महत्या गरेको खबर सुन्नमा आउँछ त्यो पनि मिडियाबाट बाहिर आएका मात्र,भित्र भित्रै कति हुन्छ होला ? यो विषयमा किशोरहरुको गल्ती छ तर किशोरीहरुको गल्ती छंदैछैन भन्न मिल्दैन । किशोरीहरुले पनि दुर्घटना भैसके पछि भन्दा पनि दुर्घटना नहुँदै ख्याल गर्नु पर्छ ।

यति भन्दै गर्दा केटाले पनि आत्महत्या गरेकै छन त ? भन्ने प्रश्न आउला । तर तथ्यांक हेर्ने हो भने केटाले भन्दा ५ गुणा धेरै केटिले नै गरेका छन आत्महत्या र कारण माथि स्पष्ट पारिएकै छ ।

यो मात्र होइन अर्को विषय हो मायाको नाममा उमेर नपुग्दै शारीरिक सम्बध राख्नु । अहिलेको समाज मोडर्न त भयो तर जति हुनु पर्ने थियो त्यो भन्दा बढी नै भयो । पहिलेको समाज बन्द समाज थियो । २०-२१ वर्ष हुँदा पनि कसैलाई छुनु भनेको अपराध जस्तै मानिन्थ्यो । तर आज शारीरिक सम्बन्ध पनि सामान्य भैसक्यो ।

तथ्यांक हेर्ने हो भने कैलाली मै मात्र गत ६ महिनामा २० वर्ष भन्दा कम उमेरका करिव ७०-८० किशोरीहरुले गर्वपतन गराएको खबर आएको थियो । यसबाट बुझ्न सकिन्छ कि समाजको अवस्था कस्तो छ भनेर । यो विषयमा अभिभावक पनि दोषी छन । आफ्नो छोराछोरी कुन अवस्थामा छ भनेर समय समयमा जाँच गर्नु पर्छ । सानै उमेरमा स्मार्टफोनहरु दिनु हुँदैन दिए पनि आफ्नै नियन्त्रणमा दिनु पर्छ । फ्रीडम पनि दिनु पर्छ यो अत्यावश्यक हो तर यति फ्रीडम पनि होइन कि उनीहरु गलत काममा फसुन ।

यसमा मैले अर्को विषय पनि थप्न चाहे ।। अहिलेको समयमा गर्लफ्रेण्ड/ब्वाईफ्रेन्ड छ भन्दा सामान्य लाग्छ र सामान्य लाग्नु पनि पर्छ किनकी यो कुनै अपराध होइन । तर चिनेकै छैन के कहाँको,के गर्छ,परिवार कस्तो ? अझै हाम्रै भाषामा भन्दा भाङे होकि ,दरुवा होकि,ट्यापे होकी,प्लेव्वाई/प्लेगर्ल ?? हेर्दा राम्रो/राम्री छ भन्दैमा केहि नसोचि एकपटक मिठो बोल्यो,तिमिलाई माया गर्छु भन्यो भन्दैमा Gf/Bf बनाईहाल्नु भनेको के हो आफै बुझिहाल्नुस त्यसले भविष्यमा कस्तो असर निम्त्याउला ? त्यसैले भविष्यमा हुनसक्ने दुर्घटना दुर्घटना नहुँदै सोच्नु पर्छ दुर्घटना भैसके पछि आँखा खुलेर/गुहार मागेर हुँदैन ।

अहिलेको समाज मोडर्न हुने चक्करमा यति भ्रष्ट भैसक्यो कि लेखेर साध्य छैन । एक जनासंग सम्बन्धमा हुँदा हुँदै पनि अरु तिर ताकिरहेका हुन्छन । पहिले पहिले भगवानले तिम्रो लागि एउटा पठाएको हुन्छ भन्थे तर अहिले त एउटा होइन कति पुग्छन कति ।
टाढा किन जानू आफ्नै साथिभाईको सर्कलमा नियाल्नुहोस त ? मेरै कतिपय साथिभाई यस्ता छन जसको १-२ वटा होइन १० भन्दा धेरै नै पुगिसके । कोहि कोहिको नियत देख्दा त मलाई घिन लागेर आउँछ ।
अरे यार !! जिन्दगीको केही लक्ष्य छैन ? यसरी जिन्दगी कसरी चल्छ ? आफ्नो भविष्य अर्काको भविष्य बिगारेर के पाउँछौ तिमिहरु ?

जो संग छन उहीलाई 100% दिनु छैन,ब्याकअपमा अरु पनि हुन्छन । सकेसम्म एउटैलाई अलिकती धेरै इफोर्ट गरेर सम्बन्ध जोगाए हुँदैन र ?
एक पछि अर्को हुनु हुँदैन भनेको पनि होइन तर अहिलेको परिस्थिति हेर्ने हो भने त एक पछि अर्को होइन अर्को अर्को अर्को पछि पनि अर्को भैरहेको छ ।

यति भन्दै गर्दा सबै बिग्रीएको भन्न खिजेको होइन ,अझै पनि 50% मान्छेहरु इमानदार र स्वच्छ विचारका छन । उनीहरुले नै गर्दा समाज आज सन्तुलित छ ।
त्यसैले,कसैसंग सम्बन्ध बनाउनु भन्दा पहिले भविष्यमा के होला सोचेर मात्र अघि बढ्नु पर्छ । नत्र नजर हटि,बिग्रीयो मति, दुर्घटना घटी । जीवन लामो छ,रमाइलो छ तर जिउन नजान्दा एकदमै छोटो र बोझिलो पनि । आज कसैको साथमा,बैंशको मातमा खा* मा पुग्दा मख्ख छौ भोलि त्यही साथ र मातले लात हानेर घाटमा पुर्‍याउने बनाउन सक्छ ।

(YOUR LIFE YOUR CHOICE BUT WITH CONCERN)


प्रकाशित : २०८० चैत्र १७ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप