लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

बेत्रावतीमा एक घरमा क्षति

हेमनाथ खतिवडा,रसुवा/गल्छी त्रिशूली मैलुङ स्याफ्रुवेसी रसुवागढी सडक आयोजना र ठेकेदारको कम्पनीले समयमा काम नसक्दा बेत्रावतीमा वर्षातको भेल पसेको छ ।

उत्तरगया गाउँपालिका–५ बेत्रावतीमा नालीको व्यवस्थापन राम्रो नहुँदा आएको अत्यधिक वर्षाका कारण वाल भत्किएपछि घर भित्र पानी पस्दा करिब १३ लाख बराबरको क्षति भएको छ । स्थानीय रञ्जना थापाको घरमा पानी पस्दा क्षति भएको हो ।

वर्षाले पासाङल्हामु मार्गको नाली हुँदै आएको भेल एकत्रित भएर स्थानीय रञ्जना थापाको कम्पाउण्डको रहेको पर्खाल भत्किएको छ भने लगाएको ग्याभिन तार समेत बगाएको र खानेपानी तथा आगन समेत पुरिदा करिब १३ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ । गल्छी त्रिशूली मैलुङ स्याफ्रुवेसी रसुवागढी सडक निर्माण भइरहेको र सो क्षेत्रमा सडकको काम समयमै सम्पन्न नगरिदिँदा स्थानीयले क्षति भोग्नु परेको थापाले बताइन् ।

गल्छी त्रिशूली मैलुङ स्याफ्रुवेसि रसुवागढी सडक आयोजना र ठेकेदारको लापरबाहीले गर्दा पानी जाने नाली व्यवस्थापन हुन नसक्दा यस्तो क्षति व्यहोर्नुपर्ने देखिएको र सम्बन्धित निकायले ध्यान पुराउनु पर्ने शिक्षिका रञ्जना थापाको भनाई छ ।
यस्तो क्षति जो कोहिको हुन सक्छ र यस घटनाले स्थानीयमा एक प्रकारको त्रास उत्पन्न हुने र भइरहेको स्थानीय युवा गणेश श्रेष्ठ ले बताए ।


प्रकाशित : २०८० चैत्र २१ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप