सत्ती/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । उनले बिहीबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा पेस गरेका हुन् ।
केन्द्रमा नयाँ गठबन्धन बनेपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो । पछि उनले नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई मन्त्रालय बाँडेर सरकार टिकाउने प्रयत्न गरेका थिए तर सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका सांसद विभाजित भएर विश्वासको मत नपाउने देखिएपछि राजीनामा बुझाएका हुन् । आज उनले विश्वासको मत लिने तयारी समेत गरेका थिए । यससंगै अब सुदूपश्चिममा नयाँ सरकार गठनका लागि बाटो खुला भएको छ ।
नेकपा एमालेका राजेन्द्रसिंह रावलले विश्वासको मत प्राप्त गर्न नसकेपछि संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा शाह गत वर्षको माघ २६ गते मुख्यमन्त्री नियूक्त भएका थिए ।