लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

जानकीको दुर्गौलीमा ५ दिने बृहत् योग शिविर संचालन

April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  

विनोद चाैधरि,दुर्गौली / कैलालीको जानकी गाउँ पालिकाको दुर्गौलीमा पालिका स्तरिय बृहत योग शिविर तथा जिवनशैली परामर्श सम्बन्धि कार्यक्रम शुरु भएको छ ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय प्रादेशिक आयुर्वेदिक चिकित्सालय धनगढीको आयोजनामा जानकी १ दुर्गौली स्थित सरस्वती माविमा सोमबार देखि सो शिविर शुरु भएको हो ।
उक्त याेग शिविर कार्यक्रमका प्रमुख अतिथि रहेका जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले सो शिविरको उद्घाटन गरेका हुन् ।
प्रमुख अतिथि चौधरीले योगले स्वस्थ जिवन जिउन सकिने भएकोले गरौं निरोग रहौं भन्दै उक्त योग शिविरमा सबैजनालाई सहभागि हुन आग्रह गरेका छन् । उनले योगको माध्यमबाट स्वस्थ जीवन प्राप्त हुनेमा विश्वस्त रहन पनि आग्रह गरे ।
सुदूरपश्चिम संगठन विभाग प्रमुख थम्मन बमले योग मानव जीवनका लागि अपरिहार्य भएको बताउँदै मानिसको शारीरिक एवं मानसिक तनावमुक्त गर्न योग अति आवश्यक रहेकाले दैनिक रुपमा योग गर्नुपर्नेमा जोड दिए ।
उनले भने ‘मनलाई शरीर सँग जोड्नु, मनलाई आत्मासँग जोड्नु नै योग हो, योग साधना हो । योगको माध्यमबाट ध्यानमा जाने र आत्मा वरपरका विकारलाई हटाउनु र परमात्मा सँग साक्षात्कार गर्नु नै मानिसको जीवनको उद्देश्य हो । त्यसैले योग भनेको जोडिनु हो ।’ उनले थपे यौगिक क्रियाहरूको माध्यमबाट शरीर, मन र आत्मा बीचमा संयोग स्थापित गर्नु नै योग हो । विवेकको साधना गर्नु, मनको विग्रह नियन्त्रित गर्नु, आत्म साक्षात्कार गर्नु नै योग हो । हामी सबै मनुष्य भित्र आत्मा छ । त्यही आत्मालाई परमात्मासँग मिलाउनु नै योग हो ।’ पतञ्जली योग केन्द्र जानकी गाउँपालिकाका अध्यक्ष जित बहादुर चौधरीले बदलिँदो जीवनशैली, अस्वस्थ खानपान र व्यायामको कमीका कारण अधिकांश मानिसमा कुनै न कुनै किसिमको स्वास्थ्य समस्या देखिन्छ । योगले शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्य लाई जोड्ने भएकाले स्वस्थ जीवनका लागि योग एकदमै महत्वपूर्ण रहेको बताए ।
पतञ्जली योग जानकी गाउँपालिकाका महिला अध्यक्ष सरस्वति चपाईले आफु स्वम् दिर्घरोगीको सिकार भएको बताउँदै योगमा जोडिएपछि शारिरिक अवस्थामा धेरै सुधार हुनुका साथै मानसिक रुपमा पनि स्वस्थ हुनमा धेरै मद्दत पुगेको बताइन् ।
कार्यक्रममा विशिष्ट अतिथि पतञ्जली योग समिति कैलाली मार्गदर्शक तथा सल्लाहकार योग प्रशिक्षक हेमन्त ओझा, जिल्ला संगठन मन्त्री सहानुराम चौधरी, जिल्ला महिला सदस्य सविता चौधरी लगायत शिविरमा विभिन्न योग अनुष्ठानका प्रशिक्षक, योगीहरु, जनप्रतिनिधी, वडघर, शिक्षक लगायतको उपस्थिति रहेको थियो ।
स्वागत प्रादेशिक आयुर्वेदिक चिकित्सालयका आयुर्वेद चिकित्सक डा. अच्युत पुरीले गरेको कार्यक्रमको संचालन सूचना अधिकारी सुरेन्द्र बहादुर शाहीले गरेका थिए ।
शिविरको उद्घाटन कार्यक्रमको सभाध्यक्षता जानकी गाउँपालिका १ का वडाध्यक्ष सुरेश कुमार चौधरीले गरेका थिए । योग शिविरमा पतञ्जली योग समिति कैलाली मार्गदर्शक तथा सल्लाहकार योग प्रशिक्षक हेमन्त ओझाले प्रशिक्षण गर्नेछन् ।
शिविर विहान ५ बजेदेखि ७ बजेसम्म नियमित योग गराइनेछ भने दिउँसो २ बजे देखि जिवनशैलीबारे परामर्श गरिने जनाइएको छ सोमबार ४० जनाले परामर्श लिएको सुदूरपश्चिम संगठन विभाग प्रमुख थम्मन बमले जानकारी दिए ।
चैत्र २६ गतेदेखि शुरु भएको योग शिविर पतंजली योगपीठ नेपाल, महिला पतंजली योग समिति नेपाल, पतंजली योग समिति नेपाल, युवा नेपाल र पतंजली योग समिति जानकी गाउँपालिका १ दुर्गौली अनुष्ठान कैलाली द्धारा संचालित शिविर ३० गते सम्म संचालन हुनेछ ।


प्रकाशित : २०८० चैत्र २६ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप