लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधारका लागि जनप्रतिनिधि छलफल

दुर्गाैलि / जानकी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा दुर्गौलीको आयोजनामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृदिको लागि वडा न.१देखि ९ सम्मका जनप्रतिनिधि सङ्ग छलफल तथा अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
जानकि गाउँपालिका अध्यक्ष गणेश चौधरीको अध्यक्षतामा भएको साे कार्यक्रममा सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाकाे विद्यालयमा सहभागीता र गुणस्तरीय शिक्षा प्राप्तिको लागि सुनिश्चितताका लागि छलफल भएको सहभागी इन्द्र चाैधरिले बताए ।
साे कार्यक्रममा जानकि गाउँ पालिका भित्रका सामुदायिक विद्यालयकाे वर्तमान शैक्षिक अवस्थाकाे विषयमा शाखा प्रमुख धर्मानन्द कपाडिले प्रस्तुति गरेका थिए ।
कार्यक्रममा कर्णाली मावि टिकापुरमा गरिएका असल अभ्यासको प्रस्तुति कर्णाली मावि टिकापुरका प्रधानाध्यापक धर्मराज शर्माले प्रस्तुति गरेका थिए ।
छलफल पछि भएकाे खुला छलफलमा पालिका भित्रका सामुदायिक विद्यालयकाे गुणस्तर सुधारका लागि अभिभावक ,शिक्षक, जनप्रतिनिधि र विद्यार्थीको इच्छाशक्ति भए धेरै समय नलाग्ने बताएका थिए ।
सामुदायिक विद्यालयमा विद्यार्थी झिकाउने ,टिकाउने र बिकाउनेमा सराेकारवाला सचेत हुनुपर्नेमा जाेड दिएका थिए ।
जानकि गाउँपालिकामा ३० वटा सामुदायिक विद्यालय र १५ वटा संस्थागत विद्यालय रहेका
छन् ।


प्रकाशित : २०८० चैत्र ३० शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप